सुशान्तको आत्महत्या प्रकरणमा सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्ती नराम्रोसँग फसिरहेकी छिन् । यतिबेला सुशान्तको मृत्युको कारण उनी नै भएको धेरैले बताएपछि यस सम्बन्धी छानबिन भैरहेको छ ।
धेरै प्रमाणहरुले त सुशान्तको आत्महत्या प्रकरणमा रिया जोडिएको नै बताइरहेको छ । यद्यपि यो कुरामा कति सत्यता छ त्यसको पत्ता भने लाग्दैछ । पछिल्लो समयमा सुशान्तले नशामा आत्महत्या गरेको खबर बाहिर आइरहेको थियो । अहिले सामाजिक सञ्जालमा रियाले उनका साथीहरुसँग गरेको च्याटका आधारमा भने रियाले नै सुशान्तलाई ड्रग दिने गरेको खुलासा भएको छ ।
रियाले २०१७ देखि केही व्यक्तिहरुसँग कुरा गरेको पाइएको छ । जहाँ लागूऔषध सम्बन्धी कुरा भएको छ । यसमा ५ व्यक्ति जोडिएका छन् ।
रियाले गौरव आर्या, जो ड्रग डिलर हुन्, जया शाह जोसँग रियाको सुशान्तको निधन भएको दिन पनि कुरा भैरहेको थियो । रिया र जयाको च्याट हेर्दा यी दुईले मिलेर सुशान्तलाई कुनै औषधी दिने गरेको बुझ्न सकिने भारतीय मिडियाले जनाएको छ ।
तेस्रो व्यक्ति श्रुति र चौथो मिरान्डा हुन् । यी दुई श्रुति मोदी र स्यामुअल मिरान्डा हो होइनन् भनेर पुष्टि भइसकेको छैन ।
स्यामुअलबारे सुशान्तका कुक निरजले पनि कुरा गरेका थिए कि उनले एक विशेष प्रकारको चुरोट ल्याउँथे । १३ जूनको राती सुशान्तले यो विशेष प्रकारको चुरोट पाएका थिएनन् ।
पाँचौं पात्र रियाका भाई शोविक चक्रवर्ती हुन् । रिपोर्टका अनुसार जुन ड्रग्सको प्रयोग रियाले गरिरहेकी थिइन्, त्यो विशेषगरी हाई–प्रोफाइल पार्टीमा भेटिन्छ ।
यसरी हेर्दा च्याटका अनुसार रियाले सुशान्तलाई कुनै लागूऔषधी दिने गरेको आशंका गरिएको छ । जबकि रियाका वकिलले भने उनले आजसम्म लागूऔषधी नलिएको दाबी गरेका थिए । यदि रियाले लागूऔषध सेवन नै गर्दिनथिन् भने लागूऔषधीको माग किन गर्थिन् त ?