सुशान्तसँग काम गर्न कगंनाले गरेकी थिइन् रिजेक्ट



बलिउड अभिनेत्री कगंना रनावत सुशान्तको आत्महत्यापछि लगातार यसबारे बोलिरहेकी छिन् । उनी सुशान्तको न्यायको लागि लडिरहेको बताउँछिन् । उनी सुशान्तको आत्महत्यापछि नेपोटिज्मबारे बहस गर्दै धेरै बलिउड सेलिब्रेटीमाथि औला उठाउन पनि पुगिन् ।

सुशान्तको लागि दिनरात बोलिरहेकी कगंनाले कुनै समय सुशान्तसँग चलचित्रमा काम गर्र्नको लागि अस्वीकार गरेको खबर बाहिर आएको छ ।

सन् २०१६ मा निर्देशक होमी अदजानियाले सुशान्त सिंह, इरफान खान र कंगनालाई लिएर फिल्म बनाउन खोजेका थिए तर कंगनाले काम गर्न अस्वीकार गरेकी थिइन् । उनले समय अभावका कारण काम गर्न नसकेपछि फिल्म बन्न सकेन ।

अहिले सुशान्तका फ्यान कगंनामाथि पनि भड्किएका छन् । उनले यत्तिका दिनसम्म सुशान्तको साथ दिएको कतिले बताइरहेका छन् । यद्यपि कगंनाले यसबारे केही बोलेकी भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्