सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्तीले ८ जूनम सुशान्तको घर छोडेकी थिइन् । त्यसभन्दा अगाडी उनले ८ वटा हार्ड डिस्कको डाटा डिलेट गराएको पुष्टि भएको छ । अब त्यसमा डाटामा के थियो र उनले किन डिलेट गरिन् भन्ने कुरा भने खुलेको छैन ।
रियाले आइटी प्रोफेशनललाई बोलाएर हार्ड डिस्क डिलेट गर्न लगाएकी थिइन् । सिद्धार्थका रुम पार्टनर रहेका सिद्धार्थ पिठानीले सीबीआइको सोधपुछमा यस्तो खुलासा गेका हुन् । उता सुशान्तको परिवारका वकिल विकास सिंहले यदि डाटा डिलिट गराएको कुरा सही भए सुशान्तको हत्याको षड्यन्त्र भएको प्रस्ट भएको बताएका छन् ।
सिद्धार्थका रुप पार्टनरले रियाले उक्त हार्ड डिस्क डिलेट गराउँदा सुशान्त पनि उनीसँगै थिए र त्यसबेला उनले आफूलाई हार्ड डिस्क डिलेट गर्दा केहीपनि फरक भने नपर्ने बताएको बताएका छन् ।
उक्त हार्ड डिस्कमा के थियो भन्ने कुराको हाल तिव्र रुपम छानबिन भने भैरहेको छ ।