रियाको दाबी– ‘मैले सुशान्तको पैसा खर्च गर्ने गरेको थिइनँ, सुशान्त आफै धेरै खर्चालु थिए’



सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्ती सबैभन्दा धेरै मुछिएकी छन् । उनीमाथि सुशान्तको पैसा चलाएको, उनलाई लुकी लुकी अनावश्यक औषधी सेवन गर्न दिएको र उसलाई ब्ल्याकमेल गरेको आरोप लागेको छ ।

तर रियाले भने यो कुरालाई अस्वीकार गरेकी छिन् । सिबिआइलाई दिएको बयानमा रियाले सुशान्तको पैसा आफूले खर्च नगर्ने गरेको बताएकी छिन् । उनले उल्टो सुशान्त चाहिँ धेरै नै पैसा खर्च गर्ने बताएकी छिन् ।

२०१९ मा उनीहरु टुरका लागि यूरोप गएका थिए । रियाले भनिन्, फ्लाइटमा बस्नु अगाडि सुशान्तले निन्द्राको औषधी लिएका थिए । डाक्टरको सल्लाहविना उनले औषधी लिएका थिए र उनी फ्लाइटमा निकै डराएका थिए । पेरिस पुगेपछि उनी ३ दिनसम्म आफ्नो कोठाबाट बाहिर निस्किएनन् ।’

उनले त्यसबेला उनलाई सुशान्तले २०१३ देखि नै सुशान्त डिप्रेसनमा रहेको बताएको बताएकी छिन् ।

रियाका अनुसार, सुशान्तले आफ्ना साथीहरुका लागि पनि पैसा खर्च गर्ने गर्थे । थाइल्याण्ड टुरका क्रममा सुशान्तले ७० लाख खर्च गरेर प्राइभेट जेट बुक गरेको रियाको भनाई छ । रियाका अनुसार, सुशान्त स्टारको जीवन बाँचिरहेका थिए । रियाले आफूले सुशान्तको पैसा खर्च नगरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्