सुशान्तका पिताले रियाले सुशान्तलाई मारेको आरोप लगाएपछि रियाले भनिन्- ‘म र मेरो परिवारको ज्यान खतरामा छ’



सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा अहिले लागूऔषधी बिचमा आएको छ । रियाले डिलेट गरेको च्याटमा उनले कसैसँग लागूऔषधबारे कुरा गरेको खुलेको छ ।

यसैबिच सिबिआइले चेकजाँच गरेपछि सुशान्तका पिताले रियाले लामो समयदेखि उनका छोरालाई लागूऔषध दिने गरेको आरोप लगाएका छ । साथै रियाले नै उनको छोराको हत्या गरेको पनि बताएका छन् ।

यता रियाले भने उनको र उनको परिवारको ज्यानलाई खतरा भएको भन्दै इन्ष्टाग्राममा एक भिडियो पोष्ट गरेकी छिन् । उनले उनको परिवारलाई सुरक्षा दिन आवश्यक रहेको बताएकी छिन् । रियाले आफूले सुरक्षाको माग गरिरहेको भएपनि कतैपनि आफूले सुरक्षा नपाएको भन्दै गुनासो पनि पोखिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्