‘गरिब तथा निमुखाहरुलाई सडकमै गएर सेवा गर्दा मनमा आनन्द आउँछ’ : छिरिङ डोल्मा शेर्पा (‘मिसेस नेपाल टुरिजम २०१९’)



अहिले कोरोनाको महामारीका कारण देशमा धेरै मानिसहरुको बिचल्ली भैरहेको छ । विशेष गरी दैनिक मजदुरी गरेर घरपरिवार चलाउने मजदुरहरुलाई भने खान लाउन नै समस्या भैरहेको छ ।

यस्तो अवस्थामा विपत्मा परेकाहरुलाई सकेको सहयोग गर्नु हामी सबैको दायित्व हो । धेरै प्रतिष्ठित व्यक्तिहरुले कोरोनाका कारण समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका छन् ।

यसैबिच मिसेस टुरिजम नेपाल २०१९ की विजेता छिरिङ डोल्मा शेर्माले पनि समस्यामा परेकाहरुलाई सहयोग गरेकी छिन् । छिरिङले चाबहिल देखि जोरपाटीसम्मको बाटोमा बिचल्ली अवस्थामा रहेकाहरु, जसको न बस्नको लागि घर छ न पेटभरि खानको लागि खाना नै छ, ती असहायहरुलाई लत्ताकपडा र खाना सहयोग गरेकी छिन् । उनले लगभग डेढ लाखको सहयोग गरेकी हुन् ।

छिरिङ दुखमा परेकाहरुलाई सडकमै गएर सेवा गर्न पाउँदा मन निकै खुसी भएको बताउँछिन् ।

यसका साथै उनले हिमाल आरोहणका पिडित बालबालिकालाई शिक्षाका व्यवस्था मिलाइदिने बताएकी छिन् । यसका लागि उनले सहयोग कोष पनि खडा गरेकी छिन् । यतिबेला चारैतिर उनको कामको प्रशंसा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्