‘मलाई फिल्मभन्दा म्यूजिक भिडियो फाप्यो’ : एलिजा गौतम



ऋषि धमलाकी श्रीमती तथा नायिका एलिजा गौतमले चलचित्र अनुराग बाट रजतपटमा डेब्यु गरेकी हुन् । उनले आफ्नो पहिलो चलचित्रमा निकै मेहेनत गरेकी थिइन् । तर मेहेनत गरे  अनुसार सफलता भने पाउन सकिनन् ।

चलचित्रमा असफल भएकी एलिजालाई म्यूजिक भिडियो भने फापेको  । लकडाउन खुकुलो भएसँगै उनले ४ वटा म्यूजिक भिडियोमा काम गरिसकिन् । उनी अभिनीत पहिलो म्यूजिक भिडियो आधी कपाल बजारमा सर्वत्र हिट छ ।

त्यसका साथै भर्खरै मात्र पुष्प खड्कासँगको रोमान्टिक गीत पनि सार्वजनिक भएको छ । अब केहीदिनमै अभिनेता पल शाहसँगको गीत पनि रिलिज भएको छ ।

म्यूजिक भिडियोमा उनलाई दर्शकले रुचाएका पनि छन् । उनले आफूलाई चलचित्र नफापेपनि म्यूजिक भिडियो भने फापेको बताएकी छिन् । तर चलचित्र फ्लप भएपनि उनले अनुरागबाट धेरै कुरा सिकेको स्वीकारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्