सुशान्तको आत्महत्या प्रकरणको यतिबेला तिव्र रुपमा छानबिन भैरहेको छ । यसैबिच हालै दिएको एक अन्तवार्तामा रियाले ९ जूनमा सुशान्तले आफूलाई म्यासेज गरेको स्वीकारेकी छिन् ।
रियाले ८ जूनमा सुशान्तको घर छोडेकी थिइन् । त्यसदिन उनीसँग सुशान्तको केहीपनि कुरा भएको थियो । भोलिपल्ट सुशान्तले रियालाई कस्तो छौँ मेरो बेबू ? भनेर म्यासेज गरेका थिए । सुशान्त अक्सर रियालाई माया गरेर बेबू भनेर बोलाउने गरेका थिए । तर रियाले रिसको झोकमा सुशान्तको नम्बर नै ब्लक गरिदिएकी थिइन् ।
रियाले सुशान्तसँग त्यतिबेला एकछिनको रिस उठेका कारणले मात्र उनको नम्बर ब्लक गरिदिएको बताएकी छिन् । उनले सुशान्तले त्यस्तो कदम उठाउने थाहा पाएको भए आफू उतिबेला नै सुशान्तको घरमा जाने पनि स्वीकारेकी छिन् ।
उनलाई मुर्दाघरमा सुशान्तको शवसँग ४५ मिनेटसम्म बसेको आरोप लागेको थियो । तर रियाले यो कुरालाई अस्वीकार गरेकी छिन् । उनले सुशान्तको शवलाई आफूले ३–४ सेकेण्डको लागि मात्र देखेको बताएकी छिन् । साथै रियाले सरी बाबु भन्दै सुशान्तको सम्मान स्वरुप आफूले उनको खुट्टा छोएको पनि बताएकी छिन् ।