बलिउडमा केही यस्ता सेलिब्रेटीहरु छन्, जो अहिले त बिल्कुल ठिक छन् तर कुनै समयमा ड्रगको लतमा लागेर उनीहरुले आफ्नो करियर नै बर्बाद गरेका छन् । आज हामी तिनै सेलिब्रेटीबारे चर्चा गर्नेछौँ ।
सञ्जय दत्त
सञ्जय दत्त लागूऔषधको नशामा निकै डुबेका थिए भन्ने कुरा धेरैलाई थाहा नै होला । एक समयमा सञ्जय ड्रगको नशामा निकै नै डुबिसकेका थिए । यतिसम्मकी एकदिन ड्रग खान नपाउँदा उनी पागल जस्तो नै हुन्थे । ड्रग राखेको आरोपमा उनी एकपटक जेल समेत गएका छन् ।
रणबीर कपुर
चकलेटी ब्वाई रणबीरले स्कुलमा पढ्दादेखि नै ड्रग सेवन गर्न थाले । उनलाई त्यसको लत लागिसकेको थियो । ड्रग सेवनले गर्दा उनी धेरै बिग्रिसकेका थिए । तर पछि उनले ड्रग छोडे । तर अझैपनि उनी चेन स्मोकर भने हुन् ।
हनी सिंह
सर्वाधिक चर्चित र्यापर हनी सिंह पनि ड्रगमा एडिक्ट थिए । एकसमयमा उनलाई कुलतले यति बिगारेको थियो कि उनलाई अरु केही सोच्न सकेका नै थिएनन् । उनी धेरै नै बिग्रिसकेका थिए । तर अहिले उनी पनि ड्रग सेवन छोडेर आफ्नो करियरमा केन्द्रित छन् ।
फरदीन खान
सन् २००१ को मे ५ मा कोकीन नामक ड्रग्स राखेको आरोपमा खान पक्राउ परेका थिए । उनले जेलमा ५ दिन बिताए । उनलाई जेलबाट सिधा पूर्नस्थापना केन्द्र पठाइयो ।
प्रतिक बब्बर
स्वर्गीय अभिनेत्री स्मिता पाटिल र राज बब्बरका छोरा प्रतिकले पनि सञ्जय दत्तले जस्तै आफूले ड्रग्स लिएको खुलासा गरेका थिए । उनले १३ वर्षमै कुलतमा फसेको स्वीकारे । उनले यो लत छोड्न सकेका छैनन् ।