पहिलो पटक राष्ट्रिय स्तरको टिकटक स्टार प्रतियोगिता हुने भएको छ । सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता ०७७ नाम दिइएको प्रतियोगिताको लागि फर्म खुलिसकेको छ ।
प्रतियोगिता सुनसरीको बराहक्षेत्रस्थित रहेको सदाबहारा मिडिया प्रा।लि।ले आयोजना गरेको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले १३ भदौमा सुरु भएको यस प्रतियोगिता २८ कात्तिकमा सम्पन्न हुने जानकारी दिएको हो ।
टिकटक मार्फत आफूले अभिनय गरेको भिडियो आयोजककोअ अफिसियल फेसबुक पेजमा पठाउनु पर्नेछ । प्राप्त भ्यूजको आधारमा विभिन्न राउण्डहरु पार गर्दै एकजना विजेता छानिने छ । भिडियोमा आफैँ हुनु पर्ने र भिडियो १५ सेकेण्ड भन्दा लामो हुनुपर्ने बताइएको छ ।
सुरुमा पठाएको भिडियोहरुमध्ये भ्यूजका आधारमा उत्कृष्ट १०० छानिने र त्यसपछि उत्कृष्ट २०, त्यसपछि उत्कृष्ट ५ हुदैँ ३ जनामा फाइनल गरिने बताइएको छ ।
भदौ १३ देखि भदौ २८ गतेसम्म आवेदन लिइने र सहभागिता लागि विभिन्न मोबाइल वालेटबाट दर्ता शुल्क एक सय रुपैयाँ तिर्नुपर्ने प्रतियोगिताका आर्थिक संयोजक भरत खड्काले बताए ।
भिडियो नेपाली भाषामा हुनुपर्ने आयोजकले जनाएको छ । सामाजिक विकृति फैलाउने, ब्यक्तिगत आक्षेप लगाएका, राष्ट्रियतामाथि आँच आउने, अश्लिल प्रकृतिका भिडियोलाई समावेस नगराइने प्रतियोगिताका संयोजक देव भट्टराईले जानकारी दिए ।