‘सेलिब्रेटीको जस्तो लुक भए हुन्थ्यो भनेर नसोच्नुहोस्, हरेक महिला आफैँमा निकै सुन्दर हुन्छन्’ : सोनम कपुर



बलिउड अभिनेत्री सोनम कपुरले महिलाको असली सौन्दर्य र सेलिब्रेटी लुकका बारेमा आफ्नो विचार व्यक्त गरेकी छिन् । हामी सबैलाई हेर्दा लाग्छ, कास् हामी पनि सेलिब्रेटी जत्तिकै राम्री हुन पाए ।

उनीहरुको जस्तै गेटअप, मेकअप लगाउनु पाए हुन्थ्यो भन्ने सोच प्राय युवतीम आउँछ । हुन पनि सेलिब्रेटीहरु यति राम्रा हुन्छन् कि हामीलाइ उनीहरु साच्चै नै त्यति नै राम्रा छन् भन्ने सोच आउँछ । तर सोनम यो कुरालाई अस्वीकार गर्छिन् ।

उनी हरेक महिलाहरु ऋाफैँमा निकै सुन्दर हुने बताउँछिन् । उनी सेलिब्रेटी लुकको पछाडी धेरै नै मेहेनत पर्ने बताउँछिन् । सोनमले अप्ठ्यारो नमानी भनिन्, “तपाईहरु जे सोच्नुहुन्छ त्यो गलत हो । हेर्दा सेलिब्रेटी जस्ता देखिन्छन् त्यस्तै होलान् भन्ने तपाईहरुलाई लाग्छ । तर म सार्वजनिक स्थलमा जानुअघि ९० मिनेटसम्म मेकअप चियरमा बस्छु । त्यहाँ कसैले मेरो कपाल मिलाइदिन्छन्, कसैले लुगा त कसैले नङ । मेरो शरीरमा धेरै कुराहरु लगाइन्छ । अनुहारमा पनि मेकअपका धेरै सामानहरु प्रयोग गरिन्छ । त्यसका साथै मैले मेरो शरीरलाई फिट राख्न हरेक बिहान २ घण्टा जीम गर्नुपर्छ । त्यतिले मात्र नपुगेर दिनभरि के खाने के नखाने भन्ने कुराको समेत ख्याल राख्नुपर्छ । यी सबै कामका लागि मसँग सधैँ एक व्यक्ति साथमा नै हुन्छन्” ।

सोनमले सेलिब्रेटी लुकको पछाडी धेरै, समय, पैसा र मेहेनत खर्च हुने बताइन् । उनले हामी आफूले आफूलाई राम्रो देख्न जरुरी भएको बताउँछिन् । कोहीपनि युवती नराम्री नहुने भएकाले सेलिब्रेटी लुक आफूले पाउन पाए हुन्थ्यो भनेर सोच्नु नपर्ने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्