सुशान्तको आत्महत्या बारे सोधपुछ गर्दा रियाले सिबिआइका जाँच अधिकारीमाथि नै लगाइन् उत्पीडनको आरोप



सुशान्त सिंह राजपुतको आत्महत्याबारे छानबिन गरिरहेको सिबिआईले सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्तीसँग सोधपुछ गरेको छ ।

शुक्रबार पहिलो दिन नै रियाले सीबीआइ टिमसँग आफ्नो उत्पीडन गरिएको बताएकी थिइन् । यसको जवाफमा सीबीआइ अधिकारीले पनि उनलाई उत्पीडन नै गर्ने चाहना भएको भए सोधपुछको लागि पनि उनलाई पटना बोलाइने बताएका थिए ।

भारतीय मिडिया अनुसार शुक्रबार सिबिआईले रियाले करिब १० घण्टा सोधपुछ गरेको थियो । त्यस समयमा रियाले आफूमाथि उत्पीडन भएको बताएकी छिन् । रियाले आरोप लगाएपछि सिबिआईका एक मेम्बरले रियालाई उत्पीडन नै गर्ने भए पटना बोलाउन सकिन्थ्यो तर त्यो ठाउँ सुरक्षित थिएन, त्यसैले रियाको सुरक्षाको लागि मुम्बईमा नै सोधपुछ भएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्