नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । हालसम्म २ सय भन्दाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । यस्तो बेलामा संक्रमितहरुलाई डर लाग्नु स्वभाविक नै हो ।
त्यसमाथि आजभोली दिनरात संक्रमितको सेवामा खटिएका सुरक्षाकर्मीहरुलाई हेप्ने, आफ्नो घरमा नआइज भन्ने गरेको पाइएको छ । आफ्नै ज्यान जोखिममा राखेर बिरामीलाई सेवा गर्ने सेवकहरुसँग यस्तो व्यवहार गर्नु कतिको उचित छ त ?
नायिका रेखा थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दिनरात बिरामीको सेवामा खटिएका सुरक्षाकर्मीहरुलाई हामीले सम्मान गर्न आवश्यक रहेको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कोरोना संक्रमितलाई बहिष्कार गर्ने होइन, संक्रमक भाइरसबाट सचेत रहौं । संक्रमित व्यक्तिलाई हामी सबैले झन धेरै माया गरौं (सावधानी साथ) । भाइरस नसर्ने तरिकाले सम्मान र सद्भाव देखाऔं ।’
रेखा अघि नायिका बर्षा राउतले पनि अहिले यस्तो समयमा पनि बिरामीहरुको उपचारको लागि दिनरात खटिरहने सुरक्षाकर्मीहरुलाई हामीले सम्मान गर्न आवश्यक रहेको बताएकी थिइन् ।