‘पहिलो चलचित्रबाट १५ हजार पारिश्रमिक पाएकी थिए’ : स्वस्तिमा खड्का



स्वस्तिमा खड्का अहिलेकी सर्वाधिक व्यस्त र डिमाण्डेड नायिका हुन् । चलचित्र बजारमा उनलाई लिएर चलचित्र बनाउन चाहने निर्माता निर्देशकको कमी छैन । स्वस्तिमाले चलचित्र होस्टेल रिटन्र्स बाट चलचित्रमा डेब्यु गरेकी हुन् ।

पहिलो चलचित्रमा नै उनको काम रुचाइयो र उनले चर्चा बटुलिन् । होस्टेल रिटन्र्स बाट धेरै कलाकारले डेब्यु गरेका थिए । जसमध्ये स्वस्तिमा र नाजिरले निकै सफलता पाए भने अन्य कलाकार सफलता पाउनको लागि संघर्षरत छन् ।

उनै स्वस्तिमालाई हालै एक अन्तवार्तामा पहिलो चलचित्रबाट कति पारिश्रमिक पाउनु भएको थियो भनेर सोधिएको थियो । जहाँ स्वस्तिमाले आफूले पहिलो चलचित्र १५ हजारमा साइन गरेको बताइन् । उनले चलचित्रको आधा पारिश्रमिक आफूले अझै पाउन बाकिँ रहेको तर यसप्रति निर्माता र निर्देशकसँग कुनैपनि गुनासो भने नरहेको स्पष्ट पारेकी छिन् ।

उनले होस्टेल रिटन्र्स ले नै आफूलाई यो उचाईसम्म पुर्याएकाले यो चलचित्र आफ्नो लागि निकै विशेष रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्