महेशसँगको सम्बन्धबारे चर्चा हुन थालेपछि रियाले भनिन्- ‘सुशान्तको घर छोडेपछि म निकै टुटेकी थिए, त्यसैले महेशलाई म्यासेज गरे’



यतिबेला सामाजिक सञ्जालमा रिया र महेश भट्टको सम्बन्धले सर्वाधिक चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा महेश र रियाको सँगैको तस्बिर सार्वजनिक भएसँगै यी दुईबीच केही सम्बन्ध भएको अनुमान लगाइएको छ ।

सुशान्तको घर छोडिसकेपछि पनि रियाले महेशलाई म्यासेज गरेकी थिइन् । रियाले हालै दिएको एक अन्तवार्तामा सुशान्तले आफूलाई घर छोड्दा एकपटक पनि नरोकेकाले आफू निकै टुटेकाले महेशलाई म्यासेज गरेको बताइन् ।

उनले आफूले महेशलाई निकै सम्मान गर्ने बताउँछिन् । रियाले आफ्नो पिताजस्तो मान्छेसँग मानिसहरुले नराम्रो सम्बन्ध बनाइदिदाँ आफूलाई नराम्रो लाग्ने पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्