बलिउडमा यस्ता थुप्रै सेलिब्रेटीहरु छन्, जसले डिप्रेशनको सामना गरेका छन् । डिप्रेशनमा रहेका बलिउडकर्मीले खुलेर यसबारे सामाजिक सञ्जालमा बोलेका समेत छन् ।
आज हामी डिप्रेसनको शिकार भएका बलिउडकर्मीबारे चर्चा गर्नेछौँ ।
दिपिका पादुकोण
दिपिका पादुकोण धेरै समयसम्म डिप्रेसनमा रहेकी थिइन् । उनले डिप्रेसनको समयमा आफूलाई निकै नै गाह्रो भएको समेत बताएकी थिइन् । त्यसपछि उनले डिप्रेसनबारे अभियान नै सुरु गरिन् ।
सुशान्त सिंह राजपुत
सुशान्त सिंह राजपुतले गत जून १४ मा सुसाइड गरे । उनको सुसाइडको कारण डिप्रेशन भएको बताइएको छ । उनले केही समयदेखि डिप्रेसनको औषधी समेत सेवन गरिरहेका थिए ।
नेहा कक्कड
चर्चित गायिका नेहा कक्कड पनि डिप्रेसनको शिकार भएकी थिइन् । त्यसबेला उनलाई निकै सफल हुदाँ पनि एक्लो भएको महशुस हुने गरेको थियो । अहिले भने उनी ठिक छिन् ।
इलियाना डिक्रुज
च्र्चित नायिका इलियाना डिक्रुज ३ बर्षसम्म डिप्रेसनमा थिइन् । त्यसबेला उनले सुसाइड गर्ने कोशिस पनि गरिन् । त्यसबेला इलियानालाई आफूले गरेको कामबारे थाहा नै हुदैँनथ्यो ।
करण जोहर
करण जोहर पनि डिप्रेशनको शिकार भएको थिए । उनले सन् २०१६ मा एक अन्तरवार्तामा आफूले कुनै समय आफूलाई निकै कमजोर अनुभव गरेको बताएका थिए । उनले आफूले बैठक बस्दाबस्दै मुटु कमजोर भएको अनुभव हुने र बैठकको बीचबाट उठेर डाक्टरलाई भेट्न गएको समेत बताएका थिए ।
रश्मी देसाई
टेलिभिजनकी चर्चित अभिनेत्री रश्मिले आफू पनि ४ वर्षसम्म डिप्रेशनमा रहेको खुलासा गरेकी छिन् । उनले ४ वर्षसम्म डिप्रेशनमा रहँदा आत्महत्या गर्ने कोसिसमा रहेको बताएकी छिन् । उनी व्यवसायिक रुपमा आफू सफल भएको तर भित्रभित्रै दुखी भएको खुलाइन् ।