यी बलिउड अभिनेत्रीहरु, जसले विवाहपछि परिवार र करियरबीच यसरी मिलाए सन्तुलन…



बलिउडमा यस्ता थुप्रै अभिनेत्रीहरु छन्, जो विवाहपछि यो क्षेत्रबाट गायब नै भएका छन् । त्यसका साथै यस्ता केही यस्ता अभिनेत्रीहरु छन्, जसले विवाहपछि आफ्नो परिवार र करियरलाई निकै ब्यालेन्स गरेका छन् ।

प्राय सबै अभिनेत्रीहरु विवाहपछि फिल्म क्षेत्रबाट नै गायब हुन्छन् भन्ने मानसिकता धेरैको रहेको हुन्छ । तर सबै नायिकाको केसमा त्यस्तो हुदैँन । आज हामी यहाँ विवाहपछि पनि परिवार र करियरलाइ सन्तुलनमा लगेक नायिकाहरु बारे चर्चा गर्नेछौँ ।

करीना कपुर– बलिउडकी निकै सफल अभिनेत्री करीना कपुरले सैफसँग विवाह गरेपछि फिल्म खेल्न कम गरेकी थिइन् । पछि गर्भवती भएपछि उनले फिल्मबाट पुरै ब्रेक नै लिइन् । त्यस समयमा उनले आफ्नो स्वास्थ्यको निकै ख्याल गरिन् र परिवारलाई समय दिइन् । तैमुर जन्मेपछि उनले आफ्नो फिगर मेन्टेन गर्ने सोचिनन् । बरु स्वस्थ्य रहिन् र धेरै नै मोटाइन् । तैमुर अब हुर्किसकेका छन् । त्यस्तै करिनाले पनि आफ्नो फिगरलाई मेन्टेन गरेर चलचित्रमा काम गर्न सुरु गरिसकेकी छिन् ।

ऐश्वर्या राय– निकै सुन्दर नायिका ऐश्वर्या रायले पनि विवाहपछि आफ्नो पुरा समय परिवारलाई दिइन् । उनले आराध्या जन्मेपछि त झन् आराध्यालाई हुर्काउनमै समय बिताइन् । आराध्या ४ बर्षकी भएपछि ऐश्वर्याले आफ्नो ज्यानलाई मेन्टेन गरेर चलचित्रमा काम गर्न थालिन् । उनी अहिले पनि काम गरिरहेकी छिन् ।

शिल्पा सेट्ठी– शिल्पा आफ्नो जमानाकी सर्वाधिक चर्चित नायिका हुन् । तर विवाहपछि उनले पनि करियरलाई भन्दा परिवारलाई बढी महत्व दिदैँ केही समयको लागि फिल्मबाट विश्राम लिइन् । उनले छोरा वियानलाई राम्रोसँग हुर्काउन कन्जुस्याइ गरिन् । तर उनी छोरा जन्मेपछि पनि मोटाउन भने मोटाइनन् । स्वास्थ्यमा निकै नै ख्याल राख्ने शिल्पा अहिले पनि हेर्दा २२–२३ बर्षकी जस्ति देखिन्छिन् । पछिल्लो समयमा उनी विभिन्न रियालिटी शो मा जजको रुपमा देखिदैँ आएकी छिन् ।

काजोल– काजोलले अभिनयमा राम्रो चर्चा कमाउँदा कमाउँदै अजय देवगणसँग विवाह गरिन् । विवाह गरेपछि उनले पनि फिल्म क्षेत्रलाई केही समयसम्मको लागि छोड्नि । उनका २ सन्तान छन् । अहिले दुवै सन्तान हुर्किसकेका छन् । काजोलले अहिले परिवार र करियरलाई राम्रोसँग सम्हालेर अघि बढिरहेकी छिन् ।

माधुरी दिक्षित– माधुरी बलिउडकी सदावहार नायिका हुन् । विवाहपछि उनी पनि केहीसमयसम्मको लागि हराएकी थिइन् । केहीबर्ष आफ्नो परिवार र बच्चासँग बिताइन् । त्यसपछि उनी पुनः फिल्ममा फर्किसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्