कालिकोटमा पहिरोमा परी ज्यान गुमाउनेलाई प्रतिब्यक्ती २लाख दिईन्छ: मन्त्री नरेश भण्डारी



प्रेम पाण्डेय , सुर्खेत

कालिकोटको नाग्म बजारमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएपछि कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दुख ब्यक्त गदै मृतकहरु सबैलाई प्रति मृतक रु २ लाख उपलब्ध गराउने जनाएका छन ।

प्रदेश सरकारले सम्पुर्ण कर्णालीबासी र राष्ट्रसेवक कर्मचारीहरूको हरूको सामुहिक दुर्घटना बिमा गरेको छ ।सोही बिमा कार्यक्रम मार्फत मृतकका हकवालालाई प्रती मृतक रू २ लाख उपलब्ध गराउने प्रतिबद्दता जनाएका हुन ।

उनले फेसबुक मार्फत जानकारी गराउदै जिल्ला प्रशासन कार्यालय कालीकोटलाई समेत निर्देशनात्मक अनुरोध गरेका छन । १० जना मृत्यु सगै पहिरोमा पुरिँदा २ जना घाइते भएका छन्।

घाइते भएका उनीहरुलाई उपचारका लागि नेपाली सेनाको टोलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको छ।

नेपाली सेनाको टोलीले उद्धार गर्ने क्रममा आइतबार १० जनाको शव फेला पारेको हो। पहिरोका कारण ४ वटा घर बगाएको थियो जहाँ १२ जना हराएका थिए।

जुम्लास्थित नेपाली सेनाको नन्दबक्स गणबाट सेनानीको नेतृत्वमा गएको उद्धार टोलीले दिनभरजसो पहिरोका कारण हराएकाहरुको खोजी गरेको थियो। उद्धार कार्यमा अन्य सुरक्षाकर्मी पनि परिचालित थिए।

प्रतिक्रिया दिनुहोस्