सुशान्तको न्यायको लागि अष्ट्रेलिया, अमेरिका र लन्डनमा पनि गुञ्जियो आवाज



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यादेखि सामाजिक सञ्जालमा उनको न्यायको लागि आवाज उठाइरहेका छन् । सुशान्तको लागि आवाज भारतमा मात्र नभएर अन्य विभिन्न देशहरुमा पनि उठिरहेका छन् ।

हालै लन्डनमा एक ट्रकमा सुशान्तको तस्बिर लगाएर न्यायको आवाज उठाइएको छ ।  केहीदिन पहिले यस्तै माग अमेरिकाको क्यालिफोनर्नियामा पनि देखिएको थियो । अमेरिकापछि अष्ट्रेलियाको ७ बिलबोड्र्समा पनि यस्तै आवाज देखिएको छ ।

सुशान्तकी दिदिले हालैमात्र सामाजिक सञ्जालमा लण्डनमा सुशान्तको फोटो राखिएको ट्रकको फोटो सेयर गर्दै सुशान्तको लागि लन्डनमा पनि आवाज उठेकाले आफूलाई खुसी लागेको बताएकी छिन् ।

यतिबेला हाल सिबिआईले सुशान्तका जोडिएका सबै मानिसहरुसँग सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्