सन् २०२० को एमटिभी म्यूजिक अवार्ड मा लेडी गागले सबैभन्दा धेरै अवार्ड जित्न सफल भएकी छिन् ।
लेडी गागाले कूल पाँच अवार्ड पाएकी छिन् जसमा आर्टिस्ट अफ द इयर पनि समावेश थियो । क्रोमेटिका गायिका लेडी गागाले आफ्ना प्रस्तुतीका साथै आफ्नो स्टेटमेन्ट फेसमास्कले सबैको ध्यान खिच्न सफल भइन् ।
स्मरण रहोस्, कोरोना भाइरस महामारीको समयमा मास्क न्यू नर्मलको हिस्सा बनेको छ ।
गागाले आफ्नो प्रस्तुतीको क्रममा धेरै थरीका मास्क लगाएकी थिइन् । अन्त्यमा उनले लगाएको मास्कमा भने २ ठूला सिङ थिए ।