विवाह हरेक मानिसको सपना हो । केटा होस् वा केटी सबैले आफ्नो विवाहको लागि धेरै सोचेका हुन्छन् । राम्रो परिवार, राम्रो जीवनसाथी पाउने चाहना सबैमा हुन्छ ।
कसैले आफूले भनेजस्तै जीवनसाथी भेटाउँछन् त कतिले सोचभन्दा फरक । जसका कारण वैवाहिक जीवनमा दरार आउने गर्छ । भारतीय टेलिभिजनका यस्ता केही कलाकार छन्, जसले आफूले सँगै काम गरेको को स्टारसँग लाइफ सेटल गरेका छन् ।
कामको सिलसिलामा भेट भएर एकअर्काबिच प्रेम बसेर विवाह गर्ने भारतीय टेलिभिजनका चर्चित जोडीहरुबारे चचौ गरौँ ।
प्रिन्स नरुला र युविका चौधरी
टेलिभिजन जगतको सर्वाधिक लोकप्रिय जोडीमा गनिन्छन्, प्रिन्स र युविका । यी दुईको पहिलो पटक भेट बिगबोस सिजन ९ मा भएको थियो । त्यहिदेखि नै यी दुईको प्रेमको सुरुवात भएको थियो । बिगबोस पछि केही बर्ष डेट गरेर यी दुईले धुमधामसँग विवाह गरे । यिनीहरुको वैवाहिक जीवन निकै सुखसँग बितिरहको छ ।
जय भानुसाली र माही विज
जय र माही पनि टेलिभिजन जगतका नाम चलेका जोडी हुन् । यी दुई नच बलिए सिजन ५ पनि जितेका छन् । दुवैको भेट टिभी सो को क्रममा भएको थियो । केही समय एकअर्कालाई डेट गरेपछि यी दुईले सन् २०११ मा विवाह गरे । माही र जयकी एउटी छोरी पनि छिन् ।
दिव्यंका त्रिपाठी र बिवेक
दिव्यंका र बिवेकको भेट पनि टिभी सो को क्रममा नै भएको थियो । यी दुईले नच बलिए ८ पनि जितेका थिए । केहीबर्ष प्रेममा रमाएपछि यी दुईले पनि लगनगाठो कसे ।
हर्ष लिम्बाचिया र भारती सिंह
टेलिभिजन दुनियाँको सबैभन्दा क्युट कपलको रुपमा परिचित छन्, हर्ष र भारती । यी दुइृको पहिलो भेट कमेडी सर्कस नामक शो मा भएको थियो । जहाँ भारतीले आफ्नो प्रस्तुती दिएकी थिइन् भने हर्ष कमेडी स्क्रिप्ट राइटर थिए । केही समयको प्रेम पश्चात यी दुईले पनि विवाह गरे ।