यतिबेला सुशान्त सिंह राजपुतको केसमा सिबिआईले नायिका रिया चक्रवर्ती, जो सुशान्तकी पूर्व प्रेमिका पनि हुन्, उनीसँग सोधपुछ गरिरहेको छ । तर यसैबिच धेरै मिडियाहरुले सुशान्तको हत्यारा रिया नै भएको बताइसकेका छन् ।
यसबिच रियाको समर्थनमा केही नायिकाहरु उत्रिएका छन् । केहीदिन अघिमात्र तापसी पन्नुले ट्वीटरमा ट्वीट गर्दै अदालत भन्दा माथि कोहीपनि नरहेको बताएकी थिइन् ।
अहिले फेरि नायिका विद्या बालनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुशान्तको निधनका दुख सबैलाई भएको तर यसरी साबित नै नभइ कसैलाई दोषी बनाउनु अपराध भएको बताएकी छिन् । उनले कानूनले रियाले नै सुशान्तको हत्या गरेको पत्ता लगाउन सकेमात्र उनलाई सजाय दिन मिल्ने बताएका छन् ।
उनले लेखेकी छिन्, ‘यो दुर्भाग्यपूर्ण कुरा हो कि, हामी सबैका प्यारो नायक सुशान्त सिंह राजपुतको निधन अब मिडियाका लागि सर्कस बनिरहेको छ । एक महिला भएको नाताले रियाको बिषयमा मैले जे सुनिरहेको छु, त्यो कुराले मेरो दिल टुटेको छ । उनी तबसम्म निर्दोष हुन्, जबसम्म उनी दोषी सावित हुन्नन् ।’