मोडल तथा समाजसेवी छिरिङ डोल्मा शेर्पाको मजदुरहरुलाई सातौँ पटक सहयोग



मिसेस टुरिजम नेपाल २०१९ कि विजेता छिरिङ डोल्मा शेर्पाले केहीदिन अघि कोरोनाका कारण खान, बस्न नपाएकाहरुलाई करिब डेढ लाखको लत्ताकपडा र खानेकुरा दिएकी थिइन् ।

छिरिङ आफैँ चाबहिलदेखि जोरपाटीसम्मको सकडमा पुगेर दुखीहरुको सहयोग गरेकी थिइन् । अहिले फेरि उनले खान, बस्न नपाएर बिचल्ली भएका मानिसहरुलाई सहयोग गरेकी छिन् ।

छिरिङले बौद्धको सकडमा अलपत्र परेकाहरुलाई खाना खुवाएकी छिन् । उनले यो सहित गरिब दुखीलाई सातौँ पटक सहयोग गरिसकेकी छिन् । अहिलेसम्म उनले १२०० जनालाई खाना खुवाएकी छिन् । छिरिङले आफ्नै नामको छिरिङ डोल्मा शेर्पा संस्थाबाट सहयोग गरिरहेकी छिन् । उनी उक्त संस्थाको अध्यक्ष समेत हुन् ।

छिरिङको कामको यतिबेला चारैतिर प्रशंसा भैरहेको छ । उनले नेपालमा मात्र नभएर अमेरिकामा रहदाँ त्यहाँपनि केही विद्यार्थीहरुलाई सहयोग गरेकी थिइन् ।

यसैबिच छिरिङ डोल्मा शेर्पाले भनिन्, “छिरिङ डोल्मा शेर्पा फाउन्डेसन” स्थापना भए संगै हामी विभिन्न सामाजिक कार्यमा अघि बढ्ने योजनाको साथमा लागिपरेका छौ। शिक्षा बिनाको मानब जिबन अन्धकारमय छ तसर्थ हामीले सर्बप्रथम शिक्षा क्षेत्रमा बालबालिकाहरुलाई सहयोग गर्ने प्रण समेत गरेको जानकारी गराउदछु। हिमाल आरोहण देखि पर्यटक पदयात्रामा जाँदा दुर्घटनामा परि असामहिक निधन भएका गरिब नेपाली परिवारहरु शिक्षा बाट बन्चित हुन नपरोस भनेर “छिरिङ डोल्मा शेर्पा फाउन्डेसन” कोष खडा गरि पर्यटन गाइडदेखि भरियाहरुको बालबालिकाहरुलाई कम्तिमा बर्षमा २ जनालाई निःशुल्क शिक्षा प्रदान गर्ने बिद्यालयमा पठन पाठन गराउने उद्देश्य लिएर हामीले कार्ययोजना बनाएका छौ। यसको साथै “छिरिङ डोल्मा शेर्पा फाउन्डेसन” ले आगामी दिनहरुमा अन्य विभिन्न सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्बाह गर्दै सुखी नेपाली सम्बृद नेपाल बनाउने कार्यमा हातेमालो गर्नेछौ।

प्रतिक्रिया दिनुहोस्