अभिनेता आयुष्मान देशराज जोशीले आफ्ना फ्यानलाई सरप्राइज दिएका छन् । उनले हालैमात्र सामाजिक सञ्जालमा केही तस्बिरहरु सेयर गरे । जसले फ्यानलाई चकित पारेको छ ।
आयुष्मानले सार्वजनिक गरेको तस्बिरमा उनी तेस्रो लिङ्गीको भूमिकामा देखिएका छन् । आयुष्मानले आफ्नो लागि उक्त क्यारेक्टर निभाउन निकै मुश्किल भएको तर रमाइलो पनि लागेको बताएका छन् ।
इो एउटा वेब सिरिजको लागि बनाइएको गेटअप भएको आयुष्मानले बताएका छन् । उक्त वेब सिरिजमा एउटी श्रीमतीले आफ्नो श्रीमानलाई मेकअप गरेर महिला बनाइदिन्छिन् ।
तस्विर सामाजिनक सञ्जालमार्फत सेयर गर्दै आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो ।
जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमानमा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’