दश दिने मौन ध्यानमा रेखा थापा, दिनमा १७ घण्टासम्म गर्छिन् ध्यान…



चर्चित नायिका रेखा थापा १० दिनसम्मको लागि ध्यानमा छिन् । उनले १० दिनसम्मको लागि मौन व्रत बसेकी छिन् ।

मङ्गलबारबाट उनको व्रत सुरु भएको छ । उनले निकै कडा ध्यान गरिरहेकी छिन् । दिनमा खाना खाने समय पनि रेखालाई एकपटक मात्र हुन्छ । ध्यानको समयमा उनले मोबाइल पनि चलाउन पाउने छैनन् ।

उनले दैनिक रुपमा १७ घण्टासम्म साधना गर्नुपर्ने जानकारी आएको छ । एक त कोरोना महामारीका बीच मनमा उत्पन्न भएका खरावी कुराहरु हटाउन र मनभित्रका लोभ–मोह हटाउनका साथै , शरीरलाई सकारात्मक उर्जा प्रदान गर्नका लागि दश दिने तपस्यामा बसेकी हुन् । उनी धर्मप्रति एकदमै विश्वास गर्ने अभिनेत्री पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्