बलिउडका चर्चित कलाकार दिलीप कुमारले ११ दिनको अन्तरमा आफ्ना २ भाई गुमाएका छन् ।
दिलीप कुमारका दुवै भाइहरु ऋचानक विरामी परेपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो । एकजना भाइको मुटुमा समस्या भएको पुष्टि भएको छ । अर्को भाइको निधनको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।
अस्पतालमा भर्ना गरिएपछि दुवैको कोरोना परीक्षण गरिएको थियो । उनीहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।