नायिका प्रियंका कार्की सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभिनेत्री हुन् । उनी बेला बेलामा सामाजिक सञ्जालमा फ्यानसँग कुराकानी गर्ने गर्छिन् ।
हालैमात्र उनलाई सामाजिक सञ्जालमा एक फ्यानले प्रश्न गरेका थिए, तपाई आमा कहिले बन्नुहुन्छ ? जसमा प्रियंकाले जवाफ दिइन्, म अहिले गर्भवती छैन र हालै आमा बन्नेबारे केहीपनि हामीले सोचेका पनि छैनौँ । हामीले बच्चा जन्माउने योजना बनाएपछि पक्कै पनि तपाईहरुलाई सेयर गर्नेछु ।
यस्तै बेला बेलामा आउने गरेका नकरात्मक कमेन्टहरुले आफूलाई खासै फरक नपोर्न प्रियंका बताउँछिन् । उनले आफूले राम्रो काम गर्दै जाने भएकाले कसैले दिएको नराम्रो प्रतिक्रियालाई आफूले सम्झेर नबस्ने गरेको बताइन् ।