आँचलको बिहेमा पल नआएपछि बजारमा आँचल र पलको सम्बन्ध बिग्रिएको हल्ला चलेको थियो । हल्ला पनि किन नचलोस् यी दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरे ।
आँचलले आफ्नो मिल्ने साथी बिहेमा नआउँदा चित्त दुखेको बताएकी थिइन् । त्यसको केही समयपछि पलले आफू मन्दिर गएकाले आँचलको बिहेमा आउन नपाएकाले उनीसँग माफी मागे भने भविष्यमा आँचलसँग काम गर्ने सम्भावना धेरै भएको बताए ।
हालैमात्र आँचलले पनि पल आफ्नो लागि पहिले जस्तो भएको, अहिले पनि त्यस्तै भएको बताइन् । उनले पल विवाहमा नआउँदा चित्त दुखेको तर मन्दिर भाकल भएरै गएको होला भनेर चित्त बुझाएको बताइन् । उनले पल र आफूले सँगै काम गर्ने बताइन् । यस्तै आँचलले आफ्नो घरबाट कुनै चलचित्र निर्माण भए पहिलो रोजाईमा पल नै पर्ने पनि दाबी गरिन् ।