‘ए मेरो हजुर ४’ मा गुण्डागर्दी गर्ने युवतीको भूमिकामा देखिदैँ सुहाना



यसपालीको दशैँमा ए मेरो हजुर ४ रिलिज हुने कुरा थियो । तर चलचित्रको छायांकन सुरु हुनासाथ लकडाउन भैदियो र चलचित्रको छायांकन बिचमै रोकियो । अब चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ त्यसको टुंगो छैन ।

ए मेरो हजुर ४ पनि पुनः एकपटक अनमोल र सुहाना एकसाथ देखिदैँछन् । हालै सामाजिक सञ्जालमा एक फ्यानले सुहानालाई ए मेरो हजुर ४ कहिले रिलिज हुन्छ भनेर सोधेका थिए । जहाँ सुहानाले सहि समय आएपछि चलचित्र रिलिज हुने बताइन् ।

त्यसका साथै उनले एक तस्बिर पनि सार्वजनिक गरेकी थिइन् । जहाँ उनको परिचय दिइएको थियो । चलचित्रमा सुहाना गुण्डागर्दी गर्ने युवतीको भूमिकामा देखिने भएकी छिन् । उनले आफ्नो भूमिकालाई लिएर आफू निकै उत्साहित भएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्