बलिउडमा आजपनि सलमान र ऐश्वर्याको प्रेमबारे चर्चा हुने गर्छ । तर कमैलाई थाहा होला कि विवेक ओबरोयसँग पनि ऐश्वर्याको गहिरो प्रेम थियो । सलमानसँग ब्रेकअप भएपछि ऐश्वर्या निकै टुटेकी थिइन् । त्यहि समयमा विवेकले उनको हात थामेका थिए ।
दुवैले उनीहरुको प्रेमलाई निकै गम्भिर रुपमा लिएका थिए । ऐश्वर्या र विवेकले एकसाथ जीवन बिताउने सोच बनाइसकेका थिए । तर सलमानले उनीहको प्रेम सफल हुन नदिएको मानिन्छ ।
सलमान ऐश्वर्या र विवेकको सुटिङ स्थलमा नै गएर उनीहरुलाई सताउने गर्थे । सलमानले यस्तो हर्कत धेरै पटक गरेपछि ऐश्वर्या र विवेकको सम्बन्धमा दरार बढ्दै गयो । अन्ततः उनीहरुको ब्रेकअप नै भयो र ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् ।