नेपाली सेनाद्वारा खोज तथा उद्धार कार्य जारी



काठमाडौं । २०७७ भाद्र १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाको- ७, ८, र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढीमा परिहराइरहेका व्यक्तिहरुको नेपाली सेनाको खोज तथा उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।

नेपाली सेनाको अर्जुणवाण गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय सिन्दालगायत अन्य निकायहरुको सहयोगमा हालसम्म १४ जनाको शव फेला पारेको सेनाले बताएको छ । उक्त पहिरोमा परि हराइरहेका २४ जनाको खोजी कार्य जारी राखेको पनि बताएको छ।

२०७७ भाद्र १९ गते नेपाली सेनाको MI-17 हेलिकप्टरद्वारा गृहमन्त्री राम बहादुर थापाबाट वस्तुस्थिति अवलोकन तथा अत्यावश्यक राहत सामग्री ढुवानी गरिएको छ ।

स्थानीय प्रशासन, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ३० जना खोज तथा उद्धार कार्यमा खट्टिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्