पब्जी पछिल्लो समयको सर्वाधिक लाकप्रिय गेम हो । विशेष छोरा मान्छेहरुले पब्जी धेरै खेलेका पाइन्छ । युवायुवती दिनरात पब्जीमा भुल्न थालेपछि भारत सरकारले पब्जीलाई प्रतिबन्ध लगाएको छ ।
सरकारले पब्जीलाई प्रतिबन्ध लगाएपछि अभिनेता अक्षय कुमारले नयाँ गेम फौजी गेम ल्याउने तयारी गरिरहेका छन् ।
अक्षय कुमारले ट्वीटर मार्फत ‘फौजी’ गेम चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । भारतका स्थानीय मिडियाले ‘फौजी’ गेमलाई ‘पब्जी’ को भारतीय संस्करणको रुपमा लिएका छन् । फौजी गेम प्रयोगकर्ताहरुले यसबाट सैनिकहरुले दिने बलिदानबारेमा जानकारी दिने अक्षय कुमारको भनाई छ ।