हिजोमात्र बलिउड अभिनेता अर्जुन कपुरमा कोरोना संक्रमण देखिएको थियो । कोरोना रिपोर्ट पोजेटिभ आएपछि अर्जुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे जानकारी दिएका थिए । साथै उनले डाक्टरको सुझाव अनुसार नै आफू अघि बढ्ने पनि बताएका थिए ।
अर्जुनको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनकी प्रेमिका तथा नायिका मलाइका अरोडाको पनि कोरोना परीक्षण गरिएको थियो ।
उनको पनि रिपोर्ट पोजेटिभ आएको छ । मलाइकाले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी गराएकी हुन् । मलाइकाले आफू आइशोलेसनमा बस्ने र आफ्नो पुरा ख्याल राख्ने बताएकी छिन् ।