नेपालमा कोरोना संक्रमण दिनदिनै बढिरहेको छ । मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोना रोकथाम गर्न सरकारले झण्डै ४ महिना पुरा लकडाउन गरेर केहीसमय अघि लकडाउन खोलेको थियो । तर संक्रमति पुनः बढ्न थालेपछि १ हप्ताको लागि भनेर उपत्यका सहित देशका अधिकांश जिल्लामा निषेधाज्ञा गरिएको थियो ।
तर १ हप्ताका लागि गरिएको निषेधाज्ञा बढिरहेको छ । निषधाज्ञा भएको भएपनि यसको राम्रो रिजल्ट हामीले पाउन सकेका छैनौँ । कोरोना संक्रमित घट्नुको सट्टा उल्टै बढिरहेका छन् ।
अझ निषेधाज्ञा दशैँसम्म लम्ब्याउने कुरा भैरहेको छ । यसले सबैजना भयभित हुनुका साथै चिन्तित पनि भएका छन् । यसैबिच नेपाली सिने जगतका केही कलाकारले कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चालेको कदम फितलो भएको अभिव्यक्ति दिइरहेका छन् । हेरौँ कुन कलाकारले यसबारे के भनेका छन् ।
स्वस्तिमा खड्का–स्वस्तिमा भन्छिन्, देशमा कोरोना बढिरहेको हिसाबले निषेधाज्ञा गर्नु राम्रो हो । तर निषेधाज्ञा मात्र कोरोना रोकथामको उपाय भने होइन । जनाताले काम गरेर खान मिल्ने वातावरण सरकारले बनाउन आवश्यक छ ।
जितु नेपाल– जितुले निषेधाज्ञा गरेर कोरोना नियन्त्रण नभएको भन्दै सरकारले यसबारे जनतालाई अझ सजग बनाउन आवश्यक रहेको बताएका छन् ।
शिवशंकर रिजाल– चर्चित कलाकार शिवशंकर रिजाले धेरै समयसम्म निषेधाज्ञा भैरहेकाले जनताको मनमा नकरात्मक विचार पैदा हुन थालेको र सबैलाई आर्थिक संकट पनि परेकाले कोरोनाबारे सचेत गराउँदै सरकारले निषेधाज्ञा खोल्नु उचित रहेको प्रतिक्रिया दिएका छन् ।
साहिमा श्रेष्ठ– गायिका साहिमा श्रेष्ठ सिमित अवधिको लागि लकडाउन उचित भएपनि सधैँ यसरी लकडाउन भैराख्दा कोरोना नियन्त्रण पनि नभएको र जनतालाई समस्या पनि पर्न गएकाले सरकारले अन्य विकल्प पनि खोज्न आवश्यक रहेको बताएकी छिन् ।
उत्तम केसी– उत्तम केसीले पनि लकडाउनले मात्र कोरोना नियन्त्रण नहुने बताएका छन् । उनले कोरोना संक्रमित धेरै देखिएका क्षेत्रमा परीक्षण तिव्र गतिमा हुन आवश्यक रहेको बताएका छन् । उनले आर्थिक संकट जनतालाई निकै परिरहेकाले सरकारले यसबारे पनि सोच्न आवश्यक रहेको बताएका छन् ।