गरिमा पन्त कुनै समयकी निकै नै चर्चित नायिका हुन् । उनको अभिनय र सुन्दरताको प्रशंसा हर कोहीले गर्ने गर्थे । त्यतिमात्र नभएर गरिमाले आफ्नो पहिचान सोझी अभिनेत्रीको रुपमा बनाएकी थिइन् ।
तर विवाहपछि उनी नेपाली चलचित्र क्षेत्रबाट टाढा भइन् । अहिले उनी आफ्ना श्रीमानसँग रमाइरहेकी छिन् ।
गरिमा आजभोली श्रीमानसँग बेल्जियममा बस्ने गर्छिन् । नेपाल छोडेपछि गरिमामा निकै परिवर्तन आएको छ । सोझी गरिमा आजभोली सामाजिक सञ्जालमा निकै बोल्ड तस्बिर सेयर गर्ने गर्छिन् ।
सामाजिक सञ्जालमा उनको बोल्ड तस्बिरहरु छ्यापछ्याप्ती भेटिन्छन् । जे होस् फिल्म क्षेत्र छोडेपनि उनको जीवन रमाइलोसँग नै बितिरहेको छ ।