असोज २ गतेबाट प्रशारणमा आउँदै ‘डान्सिङ विथ दि स्टार्स नेपाल’



नेपालमा अन्तराष्ट्रिय स्तरको रियालिटी शो डान्सिङ विथ दि स्टार्स नेपाल प्रशारणमा आउँदै छ । डान्सिङ विथ द स्टार विश्वको सबैभन्दा ठूलो डान्सिङ रियालिटी शो हो । यसको नेपाली संस्करणको तयारी केही महिनादेखि भैरहेको थियो ।

डान्सिङ विथ दि स्टार्स नेपाल मा १२ सेलिब्रेटीहरु रहेका छन् । जसलाई चल्तीका कोरियोग्राफरहरु दिइएको छ । यस शो को जजको रुपमा गौरी मल्ल, दिलीप रायमाझी र रेनशा वान्तवा राई रहेका छन् । शो लाई सुमन कार्कीले होस्ट गर्नेछन् ।

लामो समयदेखि दर्शकले यस शो को प्रतिक्षा गरिरहेका थिए । अब भने दर्शकको प्रतिक्षाको घडी सकिएको छ । डान्सिङ विथ दि स्टार्स नेपाल असाजे २ गतेबाट हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट प्रशारणमा आउने भएको छ ।

‘डान्सिङ विथ दि स्टार्स नेपाल’ पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य श्रृङ्खलाकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी सफल कलाकार पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट बाहिरनेछन् । बिजेताले कुल २० लाख ९करसहित० नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्