नायिका रिया चक्रवर्ती सुशान्तले आत्महत्या गरेपछि प्रहरीको निशानामा परेकी छिन् । उनले नै सुशान्तलाई सुसाइड गर्न बाध्य बनाएको खबरहरु बाहिर आइरहेको बेला सिबिआइले उनको घरमा छानबिन पनि गरेका थियो ।
आइतबार आफ्नो बयानका लागि एनसीबीको अफिस पुगेकी रियालाई मिडियाका क्यामेराले घेरेका थिए । मिडियाकर्मीले न त सामाजिक दुरीको नै ख्याल राखे न त रियाको मौलिक हकको सम्मान नै गरे । उनलाई प्रहरीले सुरक्षा दिएर एनसीबीको अफिस भित्र पुर्याएको थियो ।
सोहि समयमा मिडियाकर्मीहरुसँग रियाको धक्कामुक्की भयो । सामाजिक सञ्जालमा उक्त भिडियो निकै नै भाइरल भैरहेको छ । यसैबिच धेरैजना कलाकारहरु रियाको समर्थनमा आएका छन् ।
हुन पनि अहिलेको समय यस्तो छ, अलिकति संयम हुनु आवश्यक हुन्छ । तापसी पन्नु, दिया मिर्जा, परेश रावल, हुमा कुरेशी लगायतका कलाकारले मिडियाकर्मीले त्यस्तो व्यवहार एउटा कलाकारमाथि गर्नु अनुचित भएको बताएका छन् । अहिलेको समयमा सामाजिक दुरी कायम गर्न आवश्यक रहेको बताउँदै कलाकारहरुले पत्रकारहरु आफ्नो मर्यादामा बस्न जरुरी भएको बताइरहेका छन् ।