रियाले हालिन् सुशान्तकी दिदीविरुद्ध मुद्धा, यस्तो छ कारण



सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले नयाँ रुप लिएको छ । अब यसमा सुशान्तकी आफ्नै दिदी पनि मुछिएकी छिन् । रियाले सुशान्तकी दिदी विरुद्ध एफआइआर दर्ता गराएकी छिन् ।

समाचार एजेन्सी एएनआईका अनुसार रिया चक्रवर्तीको ऊजुरीको आधारमा सुशान्त सिंह राजपूतकी दिदी प्रियंका सिंह, दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमार र अन्यविरुद्ध बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको हो ।

रियाको भनाइ अनुसार ८ जूनमा सुशान्तको घर आफूले छोड्नुअघि उनले उनकी दिदीको म्यासेज आफूलाई देखाएको र त्यस म्यासेजमा दिदीले सुशान्तलाई डाक्टरले भनेको औषधी मात्र खानुपर्छ भनेकी थिइन् । यस कुरामा रियाकको आपत्ति थियो ।

रियाले दिदीलाई कुनैपनि मेडिकल ज्ञान नभएकाले त्यसो नगर्न सुशान्तलाई आग्रह गर्नि । जुन कुरामा सुशान्त रियासँग रिसाए र उनलाई घरबाट जान भने । किनकी सुशान्तकी दिदी सुशान्तकको घरमा आएर बस्न लागेकी थिइन् ।  रियाले डाक्टर तरुणसँग सुशान्तकी दिदी मिलेको आरोप समेत लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्