रत्नपार्क पुगेर सयौँको भोको पेट भर्दै नायिका बेनिशा हमाल



कोरोनाका कारण लामो समयदेखि भएको लकडाउनले धेरैजनाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । अझ सडकमा जीवन गुजार्नेहरुको त बिजोग नै भएको छ । यसमा सरकारले त्यति ध्यान दिएको देखिदैन ।

तर केही संस्था र प्रतिष्ठित व्यक्तिहरुले भने गरिब दुखीको लागि आफूले सकेको सहयोग गरिरहेका छन् । यसैबिच नायिका बेनिशा हमालले पनि रत्नपार्क पुगेर त्यहाँका गरिबहरुलाई खाना वितरण गरेकी छिन् ।

उनले आफ्नै आधिकारीक फेसबुकमार्फत भोली मंगरबार पनि रत्नपार्कमा खाना बाँड्न जाने बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेख्छिन् – ‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन ।’ रोजगारी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या हुने १५ सय मजदूरलाई रोयल कोल्याबोरेटिम्सले दैनिक खाना खुवाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्