बलिउड अभिनेता सञ्जय दत्त फोक्सोमा क्यान्सर भएका कारण केहीसमय अघि मुम्बईको लिलावती अस्पतालमा भर्ना भएका थिए । उनी थप उपचारका लागि अमेरिका जाने कुरा थियो । तर सञ्जय फेरि सुटिङमा फर्किएका छन् ।
कडा सुरक्षाका साथ सबै सुरक्षागार्डको कोरोना परिक्षण पश्चात सुटिङ सुरु गएिको भारतिय सञ्चारमाध्यमले बताएका छन् ।
कोरोना भाइरसको जोखिम कम गर्नका लागि सेटमा अत्यधिक कम मानिसहरुको उपस्थिती राखिएको छ । त्यहाँ उपस्थित भएजति सबैकोे पहिले नै कोरोना परीक्षण गरिएको छ भने निकै सावधानीका साथ सुटिङ गरिएको छ ।