संकटमा कगंना रनावत, सरकारले दियो कगंनाको कार्यलय भवन भत्काइदिने धम्की



बलिउडकी सर्वाधिक चर्चित अभिनेत्री कगंना रनावत निकै ठूलो संकटमा परेकी छिन् । मुम्बईमा रहेको उनको कार्यालय भवनमा बाम्बे म्युनिसिपल कर्पोरेसनले छापा मारेको छ ।

बीएमसीले कंगनालाई नोटिस दिँदै उनको कार्यालय भवन भत्काइदिने धम्की दिएको छ । बीएमसीले कंगनाको कार्यालय भवन अवैध तरिकाले बनाएको भनेको छ ।

बीएमसीले कार्यालयबाहिर सूचना टाँसेर गएको छ । बीएमसीले दिएको नोटिसमा कंगनाको कार्यालयमा अवैध तरिकाले पार्टिसन गरिएको र सरकारी मापदण्डअनुसार नबनाइएको आरोप लगाइएको छ । अब कंगनाले २४ घण्टाभित्र कार्यालय भवनको निर्माण र मर्मतका सबै कागजात बीएमसी कार्यालयमा पेश गर्नुपर्नेछ । बीएमसीले आफ्नो कार्यालय भवन भत्काउने चेतावनी दिएको कंगनाले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्