बालुवाटारमा प्रधानमन्त्रीले गरे मनोचिकित्सकसँग परामर्श, भय र त्रास हटाउन निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरुलाई सक्रिय हुन निर्देशन दिएका छन् ।

मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग परामर्शका क्रममा निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्न मनोचिकित्सकहरूको विशेष योगदान हुने उनले जोड दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन् कोभिड १९ को प्रभावविरुद्ध व्यापक परामर्श तथा सचेतना अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चारमाध्यमहरुबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरुले सक्रिय योगदान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्