आज काठमाडौँ उपत्यकामा थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना गरी जम्मा ३९६ जना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।