सुशान्तलाई ड्रग दिने गरेको पुष्टि भएपछि नायिका रिया चक्रवर्ती पक्राउ परेकी छिन् । उनलाई ७ दिनसम्म हिरासतमा राखिने र पुनः अदालतमा उभ्याइने बताइएको छ ।
सुशान्तको न्यायको लागि सुशान्तकी पूर्व प्रेमिका अकिंता लोखेण्डेले निकै नै साथ दिइन् । यस्तै हालैभने अकिंताले रियामाथि प्रश्न उठाएकी छिन् । उनलाई बारम्बार मिडियाले सुशान्तको हत्या भएको वा आत्महत्या भनेर प्रश्न गर्ने गरेको थियो । तर यसबारे अकिंताले कहिले पनि त्यस्तो केही बोलिनन् । उनले सुशान्तबारे राम्रोसँग छानबिन हुनुपर्ने मात्रै माग गर्दै आएकी थिइन् ।
साथै अंकिताले आफूलाई सौता र विधवा जस्ता शब्द प्रयोग गरिएर गाली गरिएको बताइन् । उनले घुमाउरो पारामा रियाले नै आफूलाई त्यस्तो भनेको बताउन खोजेकी हुन् ।
यसका साथै अंकिताले डिप्रेशनबाट गुज्रिरहेको व्यक्तिलाई ड्रग दिनु कत्तिपनि उचित नभएकाले रियाले गलत गरेको बताएकी छिन् । अंकिता लामो समयसम्म सुशान्तको प्रेममा थिइन् । जसका कारण उनले सुशान्तको न्यायको लागि उनको परिवारको साथ दिइरहेकी छिन् ।