नेकपाका कार्यकर्ताले सामाजिक सञ्जालमा नेताविरुद्ध लेख्न नपाउने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा (नेकपा)का नेता कार्यबर्ताहरुले अहिलेसम्म आफ्नै पार्टीका नेताविरुद्ध सामाजिक सञ्जालमा आलोचना गर्ने स्वतन्त्रता पाइरहेकाथिए । अब त्यस्तो आलोचना गर्न पाउने गरी उनीहरुमाथि प्रतिबन्ध लाग्ने भएको छ ।

शुक्रबार बस्ने स्थायी कमिटीको बैठकले नेकपाका कार्यकर्ताहरुलाई सामाजिक सञ्जालमा नेताविरुद्ध जथाभावी लेख्न नदिने निर्णय गर्न लागेको हो । स्थायी कमिटीको बैठक अगावै बाहिरिएको अध्यक्षद्वय केपी ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमा कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने भनिएको छ ।

ुसमग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्धारा समाधान गर्ने र सबै खालका अनेकता अराजकता अनुशासनहीनता एवम् गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने गर्दछ, प्रस्तावमा भनिएको छ पार्टीको नीति नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिबिधि गर्ने प्रवृतिलाई कडाइसाथ रोक्न कमरेडहरु र सम्बद्ध सबैलाई निर्देशित गर्दछ ।

प्रतिक्रिया दिनुहोस्