काठमाडौं । डर, धाकधम्की तथा प्रलोभन देखाई ३१ वर्षीया महिला र ३६ वर्षीया अर्की महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की पोखार महानगरपालिका-७ शान्तिनगर घर भएका ३७ वर्षीय बामदेव सुवेदी रहेका कास्की प्रहरी प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
पीडित महिलाको जाहेरीको आधारमा सुवेलीलाई आफ्नै घरबाट पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।