काठमाडौं । जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस भएका तीन जनाको बिहीबारदेखि संसदीय सुनुवाई शुरु भएको छ ।
सरकारले सिफारिस गरेको बेल्जियम र युरोपियन लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको बिहीबार संसदको संसदीय सुनुवाई समितिमा सुनुवाई सुरु भएको हो ।
समिति सचिवालयका अनुसार तीनजना प्रस्तावित राजदूतविरुद्ध पाँचवटा उजुरी परेको छ । जसमध्ये एउटा बेल्जियमका लागि सिफारिस भएका राजभण्डारीकविरुद्ध रहेको छ भने ४ वटा उजुरी किटानीविनाका रहेका छन् ।