उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना गरी जम्मा ५७२ जना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ५ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ ।