कोशी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु



काठमाडौं । विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

विराटनगर-१९ बस्ने ४४ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको कोभिड अस्पतालका प्रमुख डा.दिपक सिग्देलले जानकारी दिएका छन् ।

ती महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

सोही दिन गरिएको पिसिआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको कोशी अस्पतालका प्रमुख डा.दिपक सिग्देलले बताए ।

प्रतिक्रिया दिनुहोस्