सधैँ ‘गहुँत’ पिउने गर्छन अक्षय कुमार, आफैँले गरे खुलासा



बलिउड अभिनेता अक्षय कुमारले हालैमात्र इन्ष्टाग्राममा लाइभ आएको समयमा आफूले दिनहुँ गहुँत पिउने गरेको खुलासा गरेका छन् ।

अक्षयले ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा भाग लिएका बेला सो कुराको खुलासा गरेका हुन् ।

हात्तीको गोबरबाट बनेको पेय पदार्थ खान जो कोहीले सक्दैन । अझ भनुम हामी आँट नै गर्दैनौ । तर अक्षयको लागि यो एकदम सामान्य कुरा हो । आयुर्वेदिक कारणले अक्षयले गहुँत पिउने गरेको बताउँछन् र गहुँत पिउन उनको लागि खासै कठिनको काम नभएको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्